कोरोना संक्रमितको संख्या हजार कट्यो चितवनमा

IMG

चितवन, भदौ २१–

चितवनमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या एक हजार नाघेको छ ।

चितवन मेडिकल कलेज कोभिड ल्याबमा गरिएको परीक्षणमा आज (आइतबार) राति चितवनका १९ जना थपिएसंगै संक्रमितको संख्या हजार नाघेको हो । योसंगै चितवनमा संक्रमितको संख्या एक हजार पाँच पुगेको छ । जसमध्ये ८१३ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै १८० जना निको भएर घर फर्किएको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।


तथ्यांक अनुसार सबैभन्दा धेरै संक्रमित भरतपुर महानगरपालिकामा रहेका छन् । यहाँ कुल संक्रमितको संख्या ६५७ रहेको छ भने ५४२ जना हाल आइसोलेसनमा छन् । यस्तै १०७ जना निको भएर घर फर्किएका छन् ।

यसैगरि धेरै संक्रमित रहेको दोस्रो स्थानमा रत्ननगर नगरपालिका रहेको छ । यहाँ कुल संक्रमितको संख्या १२२ रहेको छ । जसमध्ये ११३ जना आइसोलेसनमा छन् भने ८ जना निको भएर घर फर्किएका छन् ।

त्यस्तै तेस्रो स्थानमा राप्ती नगरपालिका रहेको छ । यहाँ कुल संक्रमितको संख्या ९७ पुगेको छ भने ८४ जना हाल आइसोलेसनमा रहेका छन् । यहाँका १२ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

यस्तै चौथो स्थानमा खैरहनी नगरपालिका रहेको छ । यहाँ ५४ जना संक्रमित रहेका छन् । जसमध्ये ४६ जना आइसोलेसनमा रहेका छन् भने ६ जना मात्रै निको भएका छन् ।

त्यस्तै पाँचौ स्थानमा माडी नगरपालिका रहेको छ । यहाँ कुल संक्रमितको संख्या ५२ रहेको छ भने ११ जना मात्रै हाल आइसोलेसनमा छन् । ४१ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

यस्तै छैटौं स्थानमा कालिका नगरपालिका रहेको छ । यहाँ कुल संक्रमितको संख्या १९ जना रहेका छन् । जसमध्ये १४ जना आइसोलेसनमा छन् भने ५ जना निको भएर घर फर्किएका छन् ।

यस्तै जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामनामा संक्रमितको संख्या ४ रहेको ४ भने तीन जना आइसोलेसनमा छन् । यहाँका एक जना संक्रमित मात्रै डिस्चार्ज भएका छन् ।

चितवनमा १२ जनाको मृत्यु

कोरोन संक्रमणबाट चितवनका १२ जनाले ज्यान गुमाएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार सबैभन्दा बढी ज्यान गुमाउनेमा भरतपुर महानगरपालिकाका रहेका छन् । आइतबार दिउँसोसम्ममा भरतपुरका ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

यस्तै खैरहनी नगरपालिकाका २ जना, राप्ती र रत्ननगर नगरपालिकाका एक/एक जना संक्रमितको मृत्यु भएको छ ।

युवाहरु धेरै संक्रमित

चितवनमा संक्रमित मध्ये धेरैजसो युवाहरु रहेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार २१ देखि ३० वर्ष उमेर समूहका युवाहरु बढी कोरोना संक्रमित भएका छन् । यो उमेर समूहका ३६१ जना संक्रमित छन् । यस्तै ११ देखि ४० वर्ष उमेर समूहका २५४ जना संक्रमित छन् । त्यस्तै ४१ देखि ५० वर्ष उमेर समूहका १४३ जना संक्रमित रहेका छन् । यस्तै सबैभन्दा भन्दा कम संक्रमित ८० वर्ष माथिका छन् भने १० वर्ष मुनिका २८ जना संक्रमित भएका छन् ।

Source: Narayanikhabar.com


कमेन्ट गर्नुहोस्