चितवनमा हिजो तीन जनाको कोरोनाबाट मृत्यु

IMG
चितवन जिल्ला र.न.पा-२ बस्ने वर्ष ४६ का पुरुष २०७७/०५/२५ गते राति १०:३५ मा भरतपुर अस्पतालको आकस्मिक कक्षमा आइपुग्दा मृत अवस्थामा आएको र मृतकको आफन्तको भनाइ अनुसार निजलाई उच्च ज्वोरो, खोकी र श्वाशप्रश्वाशमा समस्या रहेकाले निजको स्वाब परिक्षण गर्दा COVID-19 पुष्टि भएको जानकारी गराइन्छ।
खैरहनी न.पा.११ बस्ने वर्ष २२ कि महिलाको २०७७ /०५/२५ गते दिनको दिनको २:४० बजे भरतपुर अस्पतालको आइ.सी.यु कक्षमा उपचार गर्दागर्दै जटिल निमोनियाको कारणले मृत्यु भएको थियो। स्वाथ्यकर्मीको अथक प्रयासमा उपचार गर्दागर्दै मृत्यु हुन पुगेकोमा सम्पूर्ण अस्पताल परिवार गहिरो दु :ख व्यक्त गर्दछौँ।
साथै राप्ती न.पा. ४ बस्ने वर्ष १८ की महिला मिति २०७७/०५/२६ गते बिहान ९:०० बजे मृत अवस्थामा आएकी थिइन। उहाँहरु दुबैको COVID-19 परिक्षणको नतिजा नेगेटिभ आएको जानकारी गराइन्छ ।
मृत आत्माको चीर शान्तिको कामना एवं श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं।

Source: Bharatpur Hospital's Facebook Page

कमेन्ट गर्नुहोस्