राप्ती पाॅचका कोरोना सङ्क्रमित एक पुरुषको मृत्यु

IMG

भरतपुर अस्पतालमा उपचाररत एक पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

राप्ती नगरपालिका वडा नम्बर ५ का ६१ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिए पछि भदौ २४ गते अस्पताल भर्ना भएका उनको २५ गते सङ्क्रमण पुष्टि भएको थियो । उनको आज साँझ ७ वजे मृत्यु भएको अस्पतालका  प्रबक्ताले जानकारी दिनुभयो । सोही अस्पतालमा बिहिबार र शुक्रबार खोकी, ज्वरोका कारण र श्वासप्रश्वासका कारण तीन जनाको मृत्यु भएको छ । उनीहरुको पिसीआर परिक्षणको नतिजा आउन बाँकी रहेको छ । हल सम्म जिल्लाका अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेको संख्या २५ पुगेको छ ।

कमेन्ट गर्नुहोस्