भारतमा पब्जी सहितका १ सय १८ एप्स प्रतिबन्ध

IMG
गुगल दैनिक ः भारतले १ सय १८ एप्सलाई प्रतिबन्ध लगाएको छ । प्रतिबन्धित एप्सहरूको सूचीमा सर्वाधिक रूचाइएको मध्येमा पर्ने पब्जी समेत छ ।
चीनमा विकसित पब्जी सहित ११८ मोबाइल एप्सले भारतको सम्प्रभुता, अखण्डता, देशको रक्षा र लोक व्यवस्थाविरुद्धका गतिविधि गरेको त्यहाँको इलेक्ट्रोनिक्स र इन्फर्मेशन टेक्नोलजी मन्त्रालयलयले जनाएको छ ।
मन्त्रालयका अनुसार भारत सरकारलाई यी एप्सका बारेमा विभिन्न गुनासा आइरहेका र एप्सबाट प्रयोगकर्ताका डाटा अनाधिकृत रुपमा चोरी गरेर भारत बाहिर रहेका सर्भरमा पठाइरहेकाले प्रतिबन्ध लगाइएको हो ।
सीमा क्षेत्र लद्दाखमा चीनसँग तनाव सिर्जना भएलगत्तै भारतले चीनमा बनेका मोबाइल एप्सहरुमा प्रतिबन्ध लगाएको हो ।
यसअघि भारतले जुन महिनामा पनि टिकटक सहितका ५९ चिनियाँ एप्समा प्रतिबन्ध लगाएको थियो ।

कमेन्ट गर्नुहोस्