गुगल दैनिक ः आज बिहिबार स्थानीय बजारमा सुनको मूल्यमा प्रति तोला रु ७०० ले कमी आएको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन बुधबारको तुलनामा आज विहिबार रु ७ सय ले कमी आई रु ९६ हजार ५ सय मा कारोवार भएको छ ।
हिजो बुधबार छापावाला सुन प्रति तोला रु ९७ हजार २ सय मा कारोवार भएको थियो । त्यस्तै तेजाबी सुनमा समेत प्रति तोला रु ७ सयले कमी आएको छ । बुधबार प्रतितोला रु ९६ हजार ७०० मा कारोवार भएको तेजाबी सुन आज रु ९६ हजारमा कारोवार भएको छ ।
यस्तै चाँदी प्रतितोला रु २० रुपैयाँले घटेर रु १ हजार ३ सय ४५ मा कारोवार भएको छ । बुधबार चाँदी प्रतितोला रु एक हजार २ सय ६५ कारोवार भएको थियो ।
कमेन्ट गर्नुहोस्