धरानमा आज बुधकार बी.पी कर्मचारी र थुनुवा सहित ५ जनामा कोरोना संक्रमण

IMG
धरान । सुनसरीको धरानमा आज बुधकार बी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कर्मचारी र १ जना इलाका प्रहरी कार्यालयका थुनुवा सहित ५ जनामा कोरोना संक्रमण भएको छ ।

आज बुधबार संक्रमित हुनेहरूमा धरान १७ का भदौ १४ गते एकै परिवारका कोरोना संक्रमणबाट मृत्यु भएका आमा छोराको परिवारका २ जना ८४ वर्षीय वृद्ध पुरुष, ५५ वर्षीय पुरुष र अर्का धरान १७ कै २८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले बताए ।

यो सँगै धरान उपमहानगरपालिकामा मात्रै कोरोना संक्रमणको संख्या १ सय ७८ पुगेको छ ।

कमेन्ट गर्नुहोस्