धनकुटामा थप ५ दिनका लागि निषेधज्ञा

IMG
मालती मोक्तान/धनकुटा : समुदाय स्तरमा कोरोना भाईस फलदै गएपछि यसको नियन्त्रणका लागि मेडालिडि परिर्वतन गर्दै निषेधाज्ञा (५ दिन) भदौ २२ गते राती १२ बजे सम्म थप गरिएको धनकुटा प्रशासनले जनाएको छ । 
कन्ट्याक्ट टेसिङको आधारमा संकलन गरिएको पिसिआर नमूनाको बाँकी रिर्पोटको नतिजा अउन बाँकी रहेकोले मोडालिटी परिर्वतन गर्दै ५ दिन निषेधाज्ञा थप गरिएको धनकुटाका प्रमुख जिल्ला अधिकारी  तथा  सिसिएमसि धनकुटाका अध्यक्ष केशव प्रसाद बिमलीले वताउनुभयो । 
निषेधाज्ञा जिल्लाभरी नै जारी रहने सहायक प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठको भनाई छ । जिल्लामा ३ हप्ता देखी लगातार लगाईदै आईएको निशेधाज्ञा धनकुटा जिल्ला स्तरीय सिसिएमसिका सदस्य सहित सवै संग मरार्मश गरी थप गरिएको जनाईएको छ । यो अवधिमा सामाजिक दूरी कायम गर्दै मास्क लगाएर सेनिटाईजर तथा सावुन पानीले वारम्वार हात धुएर सवै सूरक्षा विधि अपनाई भादौ २२ गते सम्म अव प्रत्येक दिन  दैनिक उपभोग्य, अत्यावाश्यक सामाग्री  र अन्य पसल विहान ७ बजे देखी १० बजे सम्म   र साझ  ५ बजे देखी ७ सम्म  खोल्न पाउने  उद्योग वाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले जानकारी गराउनुभयो ।  
निषेधाज्ञाको अवधिभर बैंक तथा वितिय संस्था,सकारी कार्यालयहरुले सकेसम्म अनलाईबाट मात्र सेवा प्रवाह गर्न भनिएको छ । यो अवधिमा यातयातका साधन सञ्चालनमा पूर्ण रुपमा रोक लगाईएको छ भने अत्यावाश्यक काम वाहेक हिडडुल नगर्न सवैलाई सचेत गराईएको छ ।

कमेन्ट गर्नुहोस्