मोरङ्ग सुनसरी जोड्ने झोलुङ्गे पुलको निमार्ण अन्तिम चरणमा

IMG
दुहवी ः सुनसरी–मोरङ्ग जोड्ने झोलुङ्गे पुल निर्माण कार्य ९० प्रतिशत काम समपन्न भएको झोलुङ्गे पुलका निर्माण व्यवसायीकले जानकारी दिएका छन् । 
सो झोलुङ्गे पुलको शिलान्यास पुर्व मन्त्रि माननिय लालबाबु पण्डितले गत वर्ष बैशाख ४ गते नै गर्नुभएको थियो ।
बुढीगंगा गाउँपालिका वडा नं.६ सखुवाटोकीमा निर्माण भई रहेको झोलुङ्गे पुल स्थानिय कृषकहरुको आवश्यकत्तालाई मध्यनजर गरी पुर्व मन्त्रि पण्डितले उक्त पुल सिलान्यास गरीएको ने.क.पा बुढीगंगा गाउँकमिटीका सचिव ध्यानचन्द चौधरीले बताए ।
सो झोलुङ्गे पुल पुर्व मन्त्रि लालबाबु पण्डितको योजना अन्र्तगत रहेको झोलुङ्गे पुल १८ महिनामा काम सपन्न हुने गरी निलगिरी निर्माण व्यवसायी सँग २ कारोड ७५ लाख ३९ हजार ८ सय ८९ रुपैया भ्याट सहितमा सम्झौता गरीएको झोलुङ्गे पुलको लम्बाई २४९.४० मिटरको रहेको छ । 
अबको १ महिना भित्रमा पुलको बाँकी काम सम्पन्न हुने पुलको निर्माण कम्पिनीका कर्मचारीहरुले बताए । निर्माण कम्पिनीले आउदो असोज २१ गते सम्म काम सम्पन्न भईसक्नुपर्ने बुढीगंगाका नेकपा सचिव चौधरीले बताए । 

सुनसरी–मोरङ्ग जोड्ने झोलुङ्गे पुलबाट करीब लाखौंको सँख्यमा मोरङ्ग सुनसरीका बुढीगंगा, ग्रामथान, सुन्दहरैचा , दुहवी, गढी, इनरुवा ,इटहरी लगाएतको श्रेत्रका जनताहरुले लाभ लिन सक्ने नेकपाका प्रदेश १ कमिटी सदस्य सत्यनारायण चौधरीले बताउँनु भयो ।