प्रदेश १ मा आज बुधबार कोरोना संक्रमित १ सय ३७ जना थपिए

IMG
गुगल दैनिक : प्रदेश १ मा आज बुधबार १ सय ३७ जना कोरोना संक्रमित थपिएका छन् । 
आज थपिएका संक्रमितहरू मध्ये मोरङमा ४७, झापामा ११, भोजपुरमा ३, पाँचथरमा १ र प्रदेश १ बाहिरका ४ जना रहेका छन्  । 

सुनसरीको इटहरीमा ५८ जना, धरानमा ७, बर्जुमा २, इनरुवा १, भोक्राहा–नरसिंहमा १ र स्थानीय तह नखुलेका २ मा संक्रमण पुष्टि भएको छ । त्यस्तै  प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ४२ जना, धनपालथानमा २ जना र स्थानीय तह नखुलेको २ मा संक्रमण पुष्टि भएको हो ।

झापाको कमल गाउँपालिकामा ६, मेचीनगरमा ३ , विर्तामोडमा १, गौरीगञ्जमा १ जना, भोजपुरको हतुवागढीमा ३ जना, पाँचथरको स्थानीय तह नखुलेका १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण पुष्टि भएको प्रदेश १ समाजिक विकास मन्त्रालयले जनाएको छ । 

कमेन्ट गर्नुहोस्