बन्दाबन्दीको बीच करम पुजा

IMG
दुहवी : सुनसरीका उराँवहरुले बन्दाबन्दीको बिचमा निज्ज करम पर्व मनाएको छ । 
भाद्र पूर्णिमाका दिन मनाउने चाड करम पुजा सुनसरी सहित नेपालभरि एउटै दिनमा मनाएको हो । इनरुवामा शान्तीको प्रतिक परेवा उडाएर करम पुजा मनाएको छ । त्यसैगरी जिल्ला सदरमुकाम इनरुवा सहित जिल्लाका १२ वटै स्थानीय तहका उराँवहरुले करमको हाँगा र बोटको पुजापाठ गरेर मनाउने चलन अनुसार नै बुधबार गाउँगाउँमा मनाइएको छ । 
यो करम पूजालाई राजी करम वा नेंग करम पनि भन्ने गरीन्छ यो करम पूजा गाँउका नेंग हुने व्यक्तिले गाडने चलन अनुसार करम पुजा गरेको स्थानीय दुर्गा नारायण उराँवले जानकारी दिनुभयो । उराँव भाषामा नेंग भन्ने कुरा गोत्रबाट थाहा पाउने कुरा हो– जो सँग नेंग हुन्छ उसले मात्र करम गाड्न पाउँछ । नेंग हुनेले वर्षमा करम गाड्नु पर्छ । उनीहरुको मुख्य देवताका रुपमा करम हुन्छ । उनीहरुले करम नगाडे पनि घरमा करमको नाममा पूजा–पाठ गर्नुपर्छ सोही अनुसार करम मनाएको हो । करम गाड्नाले परिवारमा श्रीसम्पत्ति आउने, परिवार सुख–शान्तिमा हुने र परिवारमा अकाल मृत्यु नहुने जनविश्वास रहेको नेपाल उराँव आदिवासी जनजाती प्रतिष्ठानका अध्यक्ष बेचन उराँवले बताउनुभयो । 
उराँवका अनुसार बन्दाबन्दीको बीच प्रकृति पुजक उराँवहरुले आफ्नो महान पर्व मनाएको भएको छ । सुनसरी सदरमुकाम इनरुवा सहित जिल्लाभरीका उराव समुदायले आफ्नो महान चाड करम पूजाको अवसरमा पुजापाठ सहित जमरा लगाएर शुभकामना साटासाट समेत गरेका छन् । प्रत्येक वर्षको भाद्र पूर्णिमामा मनाइने करम पूजाको सुभारम्भ भदौ १० गतेबाट गरिएको र बुधबार पुजा गरेर वीहिबार सम्पन्न गर्ने भएको प्रतिष्ठानका रामलाल उराँवले बताउनुभयो । यस वर्षको कोरोना कहर भएकोले नेपाल उराँव आदिवासि जनजाति प्रतिष्ठानको भवनमा जवा (जमरा) राखेर भाद्र पूर्णिमाका दिन साँझ विधी पुर्वक पूजा सुरु गरी अर्को बिहान पूजाआजा गरी सम्पन्न गर्ने वीधि भएपनि कोराना काल चलेकाले औपचारिक तथा अन्य ठूला कार्यक्रम नगरी पुजा सम्पन्न भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले सामाजिक दुरी कायम गरेर र स्वास्थ्य सुरक्षा बीधि अप्नाएर उराँव समुदायले मनाउने करम पूजा गरेको जनाएको छ । नेपालीहरुको महानपर्व विजया दशमीको आगमन पूर्व नै उराँव जातिको करम पूजा प्रारम्भ हुन्छ । भाद्र पूर्णिमामा विधि पूर्वक मनाइने यो पर्वको आफ्नै महत्व रहेको प्रतिष्ठानका जयकुमार उराँवले जानकारी दिनुभयो ।
उराँवका अनुसार पूजामा उराँव समुदायले करम र करमको हागाँ वा रुखमा करम देवताको पूजा गर्ने प्रचलन छ । उनीहरुले पूजाका लागि एक हप्ता अघि देखि नै जमरा राख्ने संस्कार र प्ररम्परा अनुसार जमरा राखेका थिए । दशैंमा जमरा राखे जस्तै करम पूजाका लागि युवा युवतीहरु सामूहिक ब्रत बसेर जमरा राख्ने परम्परा रहेको प्रतिष्ठानका सम्पतलाल उराँवले बताउनुभयो । एक हप्ता अघि राखेको जमरा उम्रिएकाले करम पूजासगै कानमा र शिरमा जमरा लगाएको छ । यो वर्ष भदौ १० गतेबाट करम पूजा सुरु भएको र १७ गते पुजा गरि १८ गते विर्षजन गर्ने जनाइएको छ । पूजामा उराव समुदायले राम्रो लगाउने मिठो मसिनो खाने र वर्त समेत बस्ने प्रचलन छ । करम पूजामा उराँव समुदायले भरपुर मनोरन्जन र रमाइलो गर्ने गर्दछन् । दशैं, तिहार , होली तथा नयाँ वर्ष उराँव समुदायले मनाउने गरे पनि करम पूजाको भने आफनै विशेषता र महत्व रहेको स्थानीय रामलाल उराँवको भनाई छ । पूजामा सबै रिसराग तथा दुःख बिर्सेर सामूहिक रुपमा यो पर्व मनाउँछन् । पहिलो, दोश्रो र तेश्रो पकाएको रोटी करम देउतालाई चढाउने र आफन्त इष्टमित्र कहाँ गएर शुभकामना आदान प्रदान गर्ने तथा नाचगान गर्ने पनि चलन रहेको उराँवले बताउनुभयो । भाकल पूरा हुने भएकाले यो पूजाको महत्व बढ्दै गएको उहाँको भनाई छ । यो पूजामा बलिदिने चलन भने छैन हजारौ वर्ष देखि नेपालमा बसोबास गर्दै आएको यी जातीहरु खोला किनार तथा खेत खलियानमा बस्न रुचाउछन । नेपालमै सबै भन्दा बढी उराँवहरुको बसोबास सुनसरी जिल्लामा रहेकाले ठूलो कार्यक्रम समेत यहाँ नै गर्दै आएकोमा यसपाली कोरोनाका कारणले ठूलो कार्यक्रम नगर्ने भएको छ ।
प्रतिष्ठानका अध्यक्ष समेत रहनुभएका साहित्यकार बेचन उराँवका अनुसार मूलतः पूर्वी तराईमा बसोबास गर्ने भूमिपुत्र उराँवहरु अहिले उनीहरुको मुख्य चाड करम पूजा मनाउनमा बेस्त छन् । यो पर्व नेपालमा झापा, मोरङ्ग, सुनसरी, सिरहा, बारा, पर्सा, धनुषा जिल्लामा रहेका उराँवहरुले मनाउने गरेका पाईन्छ । पहिले यो चाड भाद्र शुक्ल एकादशीको दिन मनाइन्थ्यो । आजभोलि भाद्र पूर्णिमाको दिन करम पूजा मनाइन्छ । यो दिन मनाउने करम पूजालाई “राजी करम” भनिन्छ । यस दिनदेखि उराँवहरुका बस्तीमा करम पूजा शुरु भएको मानिन्छ र दशैंको टिका सम्म करम पूजा धुमधाम र उमंगका साथ मनाउने गर्दछन् । भाद्र पूर्णिमा आउनु एक हप्ता अगाडी जमरा राख्छन् ।  जमराका लागि समाजमा बैठक बसिन्छ । करम पूजा गर्नका लागि दिन तोकिन्छ । सोही दिन देखि त्यो गाँउमा करम पूजाको रौनक आउछ । करम पूजा गर्नका लागि सबैको घरमा जमरा राखिन्छ ।
यो कार्यलाई यिनीहरु “जवा खÞोप्पना ” भन्दछन् । यो दिन करम गाड्ने व्याक्ति जसलाई यिनीहरु “ नेंग” भन्दछन् । उसले गाँउलेहरुलाई जमरा राख्ने दिनमा आफ्नो घरमा बोलाउछ । गाँउका हरेक घरबाट बालुवामय माटो ल्याउन  मादल, नगरा बजाउदै र नाच्दै नदि किनार लैजान्छ । त्यहाँ माटो ल्याउनु अगाडी धरती माताको पूजा गरिन्छ । र नदि किनारको शुद्घ माटो नेंगको घरमा ल्याइन्छ । घरको आँगनमा चौका बनाइन्छ । चौकामा दियो बत्ती, धुप आदि बालिन्छ । नदि किनारबाट ल्याएको माटो चौकामा राखिन्छ । माटोमा मकै, जौं, तिल, धान आदि सात किसिमका अन्न मिसाएर जमरा राखिन्छ । ती अन्न मिसाएको माटो गाँउका हरेक घरमा । राख्नका लागि दिइन्छ । सबैले ती जमरालाई शुद्घ नयाँ माटोको भाडोमा शुद्घ ठाँउमा राख्ने गर्दछन् । दिनहु जस्तो त्यो जमरामा पानीमा बेसार मिसाएर छर्कन्छन् । यसो गर्नाले जमरा राम्रो र आर्कषक बन्छ भन्ने यिनीहरुको जनविश्वास रहेको पाईन्छ । र यिनीहरु करम पूजाको दिन यो जमरालाई लिएर अखड़ा अर्थात करम पूजा हुने ठाँउमा राख्ने गर्दछन् ।  
करम पूजा उल्ला 
करम पूजाको दिनलाई यिनीहरु “करम पूजा उल्ला” भन्दछन् । यस दिन यिनीहरु सबैले आफ्नो घर आँगन लिपपोत गरी सफासुग्घर गर्दछन् । यो दिन बिहानै देखि घर आँगन र अखड़ामा मादल, नगरा तथा झमटा बजाइन्छ । गीत गाईन्छ । यो दिन भाद्र पूर्णिमाको दिन भएकोले तीन तीन जना कुमार र कन्या (कुवार) केटा–केटीलाई उपवास गर्न लगाइन्छ । साँझ वेलुकी पख पुरुषहरु  र महिलाहरु अखड़ामा जम्मा हुन्छन् । गीत गाँउछन् र नाच्छन् । पुरुषहरुको टोली बाजा–गाजा सहित करम रुखको हाँगा काट्न जान्छन् । महिलाहरु टोली पनि बाजा–गाजा सहित कक्रो (गंगटो) फूल टिप्न जान्छन् । पुरुषहरुको टोलमिा उपवास भएका तीन कुमार हुन्छन् । भने महिलाहरुको टोलीमा पनि तीन जना उपवास बसेका कन्या हुन्छन् ।
यो दिन भाद्र पूर्णिमाको दिन भएकोले तीन तीन जना कुमार र कन्या (कुवार) केटा–केटीलाई उपवास गर्न लगाइन्छ । साँझ वेलुकी पख पुरुषहरु  र महिलाहरु अखड़ामा जम्मा हुन्छन् । गीत गाँउछन् र नाच्छन् ।
पुरुषहरु करम रुखको तीन वटा  हाँगा काटी ती कुमार केटाहरुले ल्याउँछन् । भने केटीहरुले कक्रो पूmल ल्याउँछन् । महिला र पुरुष फेरी अखड़ामा जम्मा हुन्छन् । एकछिन नाच्छन, गाँउछन् । गीतको दोहोरी चल्छ । त्यसपछि नेग जो करम गाड्छ उसले ती तीनवटै करम हाँगालाई आफ्नो छानामा राख्छ । सबै आफ्नो इष्टमित्र, पाहुनासँग मिलेर मीठो मसिनो खान्छन् । खाना पश्चात् उनीहरु अखड़ामा जम्मा हुन्छन् । नेगले  अखड़ामा करम गाड्छ । करम अगाडी दीयो र अगरवत्ती बाल्छन् । हरेक घरका आइमाईहरु कक्रो फूल, मालपुवा, चामलको अछता, दीयो, चामलको पिठो, सिन्दुर, जमरा, जाँड र पानीले करम बाबाको पूजा अर्चना गर्नका लागि आउछन् । नेंगले करमको पूजा अचर्ना गर्छ ।
करम बाबा को पूजा गराउने र कथा श्रवण गराउने व्याक्तिलाई यिनीहरु “अखड़ा जगउ” भनेर यिनीहरु भन्ने गरेका हुन्छन् । यो कार्य गाँउको सबैभन्दा बुढो व्याक्तिले गर्ने गरेको पाईनछ । घर घरका महिलाहरु अखड़ामा जम्मा हुन्छन । यिनीहरुको समाजमा करम पूजा सबैले एकैचोटी नै गर्ने गरेको पाउछौं । यिनीहरु करमको पूजा गर्नु अगाडी करमलाई तीन पटक घुम्छन् । करम बाबालाई यिनीहरु कक्रो फूल, मालपुवा, चामलको अछता, दीयो, चामलको पिठो, सिन्दुर, जमरा, जाँड र पानी चढाँउछन् । यो कार्य  करम बाबाको पूजा गर्दछन् । अखड़ा रुग्र्ने बूढो पूजारीले करम पूजा र करम बाबाको महिमा बारेमा कथा श्रवण गर्छ । कथा सुन्दै महिला र पुरुष पूजा गर्छन् । बाजा–गाजा सहित करमलाई तीनपल्ट परिक्रमा गर्छन् । केटा–केटी, महिला र पुरुषसँग मिलेर रातभर बाजागाजा सहित रातभर नाच्छन् । गाउँछन्  यो कार्य रातदेखि बिहान करिब १० बजे सम्म चल्छ । 
यो पूजा उनीहरु खेतपाती लगाई सकेपछि आफ्नो थकान मेटन र अन्नवाली राम्ररी उब्जीयोस् भनेर आफ्नो कर्मलाई पूजा अर्चना गर्छन् । कोही भन्छन् वन–जंगलमा सिकार खेल्दा राती करम रुखले बाघ, भालु तथा अन्य जंगली जनावरबाट जोगाएकोले यो रुखको पूजा गर्छन् ।                                    
उराँव महिलाका लोग्ने मान्छेहरु कमाउनलाई बाहिर जाँदा उनीहरु धेरै वर्षसम्म फर्किएनन् । नफर्केपछि उनीहरुका महिलाहरुले करमको पूजा अर्चना गरेपछि उनीहरुको आफ्नो घरतिर ध्यान खुल्यो र घर फर्के ।
कोही भन्छन– उराँव राज्यमा अकाल प¥यो । अन्नवाली नउब्जेपछि यिनै रुखको धार्मिक रित अनुसार पूजा गरेपछि धन धान्यले सम्पन्न भयो । कोही भन्छन्– उराँव महिलाका लोग्ने मान्छेहरु कमाउनलाई बाहिर जाँदा उनीहरु धेरै वर्षसम्म फर्किएनन् । नफर्केपछि उनीहरुका महिलाहरुले करमको पूजा अर्चना गरेपछि उनीहरुको आफ्नो घरतिर ध्यान खुल्यो र घर फर्के । यिनीहरुका अनुसार रोहतास लुटिएपछि छोटा नागपुरको जंगलमा आएर करमको रुखमुनि बसी ज्यान जोगाएकाले करम रुखको हाँगा पूजा गरी चाड मनाउन थालिएको हो भनेर पनि यिनीहरु भन्ने गरेका पाइन्छ । 
करम पूजा बारे विभिन्न कथन भएपनि उनीहरु आफ्नो घरमा सुख, शान्ति र समृद्धि ल्याउन यो चाड मनाउने गर्छन् । उनीहरु कर्ममा विश्वास गर्छन् । करम बाबालाई खुशी पार्छन् । जुन परिवारमा वालबच्चा हुदैन । उनीहरु बच्चाका लागि करम बाबासँग भाकल गर्दछन् । जसको घरमा श्री सम्पत्ति नहुनेले सम्पत्तिका लागि करम गाड्छन् । रोगव्याधी उन्मुक्तिका लागि करम गाड्छन् । 
करमलाई दोश्रो दिन बिहानी पख उखालिन्छ । कुमार केटा–केटीको हातबाट करमलाई घर–घरमा डुलान्छ, नाचिन्छ । प्रत्येक घरबाट आफ्नो गछय अनुसारको उपहार, प्रसाद, र पैसा करम बाबालाई चढाउँछन् ।