दुहवी फुड बैङको आज छैठौं दिन

IMG

 दुहबी : सुनसरीको दुहबीमा फुड बैंकले आज छैठौं दिन १५१ जना विपन्न परीवारहरुलाई खाद्यान्न सामाग्री वितरण गरेका छन् ।
“हुनेले दिएर आऊँ नहुनेले लिएर जाऔं” अभियानका साथमा दुहवी वडा नं. मा छैठौं दिनको खाद्यान्न सामाग्री वितरण गरीएको छ । दुहवीका अगुवा युवाहरूको प्रयासबाट एक उदाहरनिय कार्य विपन्न परिवारलाई लक्षित गरेर राहत मुलक अभियान विहिबार देखि निरन्तर चलिरहेकोे छ ।

अभियानताका अनुसार आज १५१ जना विपन्न परीवारलाई राहत वितरण गरीएको दुहवीका एक कुसल युवा हरेराम शाहले जानकारी दिनुभएको छ ।

कोरोना भाइरसका कारण उत्पन्न भएको आर्थिक संकटले धेरैको बिहान–बेलुकाको हातमुख जोर्ने माध्यम गुमेको छ । न्यून आय भएका परिवारलाई जीवन जिउन नै निकै कठिन भैरहेको छ । लामो समयको लकडाउनले गर्दा विशेषगरी दैनिक ज्यादा मजदुरी गरेर खाने वर्ग निकै मारमा परेका छन् । जस्ले गर्दा दुहवी अगुवा समुहले दुहवी फुड बैङ्गको स्थपाना गरी गरीबहरुलाई केही राहतका लागी कार्यक्रम अघि सारेको शाह बताउँनु हुन्छ ।

खाद्यान्न सामाग्रीमा एक केजि चामल, दाल, तेल, स्वाबिन, नुन सहित खाधान्न र मास्क वितरण गरिने अभियानताहरु बताउँछन् । यो कार्यक्रम केही दिन निरन्तर चलिरहने शाह बताउँनु हुन्छ भने भोलि दुहवी वडा नं.३ मा खाद्यान्न सामाग्री वितरण गरीने आयोजकले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्