आईसीसीले पठायो नेपाली क्रिकेट खेलाडीको तलब

IMG

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीको २०१९  को तलब पठाएको छ ।

आईसीसीले सोमबार बेलुका एक वर्षको तलब नेपाल क्रिकेट संघ (क्यान) को  खातामा पठाएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए ।  नेपाली टिमका २२ खेलाडी र १ जना भिडियो एनालिस्ट गरी २३ जनाको तलब पठाएको हो ।

खेलाडीको तलब आईसीसीले पठाएको तीन दिनमा क्यानको खातामा आइपुग्ने र त्यसपछि खेलाडीको खातामा पठाइने अध्यक्ष चन्दले जानकारी दिए ।

यसपटक आईसीसीबाट खेलाडीहरुको तलब विगतमा भन्दा मासिक १० हजार रुपैयाँ बढेर आउनेछ । नेपाली खेलाडीलाई ए, बी र सी ग्रेडमा बर्गीकरण गरिएको छ । ए ग्रेडका खेलाडीले मासिक ४५ हजार, बी ग्रेडकाले ३५ हजार र सी ग्रेडकाले २५  हजार रुपैयाँको दरले तलब पाउनेछन् ।

यसअघि आईसीसीले २०१७ र २०१८ को खेलाडीहरुको तलब एकमुष्ट रुपमा २०१९ फेब्रुअरीमा पठाएको थियो ।


News: ONLINEKHABAR

कमेन्ट गर्नुहोस्