विराटनगरबाट १४६ केजी गाँजा नियन्त्रण

IMG

विराटनगर ः सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट जोगबनीले गाँजा नियन्त्रणमा लिइएको छ ।


नेपालबाट भारततर्फ तस्करी गरेर लैजाँदै गर्दा विराटनगर–१७ आईसीपी रोडबाट सोमबार बेलुका  १४६ केजी गाँजा नियन्त्रणमा लिइएको हो ।


को२ त ६०५७ नम्बरको ट्याक्टरमा सुरक्षित र व्यवस्थित तवरले गाँजा लोड गरेर बुधनगर हुँदै भारत लैजाँदै गर्दा विशेष सुचनाका आधारमा नियन्त्रण लिइएको सशस्त्रका प्रहरी निरीक्षक मौसम पोखरेलले जानकारी दिनुभयो ।


गाँजा तस्करीकै लागि ट्याक्टरको डाला भित्र फोल्ड डाला बनाएर भित्री भागमा लुकाएर राखिएको ट्याक्टरका चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । उनको विषयमा थप जानकारी खुलाइएको छैन ।

कमेन्ट गर्नुहोस्