ओरियन्स कम्पनीको अबैध धन्दामा ६ जना पक्राउ

IMG

झापा । ओरियन्स कम्पनीका अबैध धन्दामा लागेको भन्दै ६ जनालाई झापा प्रहरीले पक्राउ गरेको छ ।


झापा प्रहरीले सोमबार दिउँसो ७ लाख ७६ हजार मूल्य बराबरको ओरियन्स कम्पनीका सामानसहित ६ जनालाई पक्राउ गरेको हो ।


सामान सहित पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका १८ बस्ने २८ वर्षीय नगेन्द्र चौधरी , सोही ठाउँका २६ वर्षीय शिवराम चौधरी, मोरङ ग्रामथान गाउँपालिका ६ बस्ने २३ वर्षीय सुरजकुमार चौधरी, सोही गाउँपालिकाका ७ बस्ने २५ वर्षीय दीपक सिंह , सोही गाउँपालिका ६ बस्ने २५ वर्षीय लक्ष्मण माझी र कटहरी गाउँपालिका ७ बस्ने २३ वर्षीय सुनिल विश्वास रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।


सामान ओसारपसारमा प्रयोग गरेका तीन वटा मोटरसाइकल पनि नियन्त्रणमा लिएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । सीमा नाकाबाट भित्राइएको ओरियन्स कम्पनी उल्लेखित वीटग्रास डायट्री सप्लिमेन्ट ६० क्याप्सुल लेखिएका ३०७ वटा बट्टा इलाका प्रहरी कार्यालय झिलझिले बरामद गरेको उनले बताए ।


प्रहरी कार्यालय झापाले अहिलेसम्म भन्सार छलेर भित्राइएका ५० लाख मूल्य बराबरको ओरियन्स कम्पनी उल्लेखित विभिन्न सामान बरामद गरिएको जिल्लाका एसपी कृष्ण प्रसाद कोइरालाले बताए ।


नेपाली युवा युवतीलाई आर्थिक प्रलोभन देखाएर भारतीय ओरियन्स कम्पनीका प्रतिनिधिले नेटवर्किङ मार्फत यस्तो धन्दा नेपालमा चलाउँदै आइरहेको झापा प्रहरीको निश्कर्ष छ ।

कमेन्ट गर्नुहोस्