रूख काटिएको भन्ने कुरा भ्रामक मेयर तिलक राई

IMG

धरान : सुनसरीको धरान–२० स्थित भालुढुङ्गा सामुदायिक वनको रूख काटिएको भन्ने कुरा भ्रामक रहेको र केही व्यक्तिले आफु माथि प्रतिशोध साध्ने उद्देश्यका साथ नगर प्रमुखको नाम जोडी चरित्र हत्या गर्न यस्तो आरोप लगाएकोे धरानका मेयर तिलक राईले जनाएका छन ।


मेयर राईले आज मंगलबार एक विज्ञप्ती जारी गर्दै सो कुरा बताएको हो ।


रूख काटिएको सन्दर्भ जोडेर म नगर प्रमुखको संलग्नता र निर्देशनमा कोषाध्यक्ष भिम बस्नेतको उपस्थितीमा उत्त रूख काटिएको भन्ने कुरा भ्रामक तथा कपोकल्पीत रहेको हो ।


विष्णुपादुका मेरो आफ्नै गाँउ हो मेरो पुर्ख्यौली जग्गाजमिन अहिले पनि रहेको सायद मेरो उपस्थिती र आउजाउ कसैको लागी असहय हुन सक्छ सो पत्रमा उल्लेख छ ।


केही दिन अगाडी सोही ठाउका केही व्यक्तिले मैले चढ्ने गाडीको सन्दर्भ झिकेर सरकारी गाडीको दुरूपयोग भनि सामाजिक संजालमा दुस्प्रभाव समेत फैलाएको थियो । केही व्यक्तिले प्रतिशोध साध्ने उद्देश्यले नगरप्रमुख संग समितिको कोषाध्यक्ष समेतको नाम जोडी चरित्र हत्या गर्ने उद्देश्यबाट यो विषय उठान भएको प्रष्ट हुन आउँछ पत्रमा उल्लेख गरीएको छ ।


यो आन्तरिक समस्या र कोषाध्यक्ष संगको पारिवारीक र व्यक्तिगत आग्रह पूर्वाग्रह समेतलाई जोडी रिसिइबी साध्ने काम भएको पत्रमा जनाइएको छ ।  

कमेन्ट गर्नुहोस्