घरमै मृत्यु भएका वृद्धको मृत्यु पछि कोरोना पुष्टि

IMG

धरान : सुनसरीको धरान–११ मा सोमबार घरमै मृत्यु भएका ६५ बर्षीय वृद्धको आज कोरोना सङ्क्रमण पुष्टि भएको छ ।


उनको सोमबार मृत्यु भएपछि आज मंगलबार बिहान धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाको टोलीले मृत्यु भएपछि स्वाब लिइएको थियो । उनको स्वाबको नमुना चाडै नतिजा दिने गरी ल्याबमा परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताए ।


मृतक धरान ११ मङ्गलवारे चोकदेखि नजिकै डेरा गरेर बस्ने गरेको उनलाई ज्वरो आएको र निमोनिया भएको थियो । यो सँगै धरानमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

कमेन्ट गर्नुहोस्