जन्मदिनको शुभेच्छा

IMG
पल्लव साहित्य प्रतिष्ठानका संस्थापक

हे दादा गोर्खे साइँलो ज्यू

सत्य ओकल्ने हे कलमवीर

अदम्यता साथ अविचलित भै पाईला अघि बढून्

कोशी र कालीको अविरल जल प्रवाह सरी

साहित्य सिर्जनामा तल्लिन कलमको निवले

दमन उत्पीडनको फलामे जन्जिर चुडाओस्

सुनियोजित षडयन्त्रको भण्डाफोर गरोस्

हे कलमवीर हजुरको कलमले

मुसुमुन्द्रे सामाजिक प्रवृतिको रहस्योद् घाटन गरोस्

स्वार्थी तथा कथित बुद्धिजीवीको पहिचान गरोस्

हजुरको कलमले निर्भीक भै सत्य ओकली रहोस्

कोरोनाको कहरमा हरेक दिन छटपटिदै

मृत्युलाई पर्खिरहेका विछिप्त मनहरूले

राष्ट्रका लेण्डुपहरूलाई चिनून्

हजुरको कलमले सत्य उजागर गरोस्

काग र बकुल्लो नचिन्ने सांसदमन्त्रीहरू र

सिधा बांगो नछुट्याउने दृष्टिभ्रमहरू

दुवोको जंगलमा हात्ती लुकाउन खोज्नेहरू

हजुरको कलमसँग नतमस्तक बनून् कामना छ

दादा जन्म दिवशको यो सुखद समारोहमा

साहित्य कृतिका अनुपम रचनाहरू बोकेर

वसन्तको नव आवागमन लाई स्वागत गर्न

हजुरको हात निरन्तर अघि बढोस्

मेरो हार्दिक शुभकामना छ

कमेन्ट गर्नुहोस्