बन्दाबन्दीको बीच उराँव समुदायले करम पुजा मनाउदै

IMG

इनरुवा : बन्दाबन्दीको बीच प्रकृति पुजक उराँवहरुले आफ्नो महान पर्व मनाउने भएको छ ।



सुनसरी सदरमुकाम इनरुवा सहित जिल्लाभरीका उराव समुदायले आफ्नो महान चाड करम पूजाको सुरु गरेका छन् । प्रत्येक वर्षको भाद्र पूर्णिमामा हुने करम पूजाको सुभारम्भ गरिएको हो । यस वर्षको भदौ १७ गते करम पुजा परेको छ । 



सोहीको आरारउमा जमरा  राखिएको जनाएको छ । यस वर्षको कोरोना कहर भएकोले नेपाल उराँव आदिवासि जनजाति प्रतिष्ठानको भवनमा जवा (जमरा) राख्ने कार्य बुधबार सम्पन्न गरेको हो ।



जमरा राखेर भाद्र पूर्णिमाका दिन साँझ विधी पुर्वक पूजा सुरु गरी अर्को बिहान पूजाआजा गरी सम्पन्न गर्ने वीधि भएपनि कोराना काल चलेकाले औपचारिक तथा अन्य ठूला कार्यक्रम नगर्ने भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले सामाजिक दुरी कायम गरेर र स्वास्थ्य सुरक्षा बीधि अप्नाएर उराँव समुदायले मनाउने करम पूजा प्रारम्भ गरेको जनाएको छ । नेपालीहरुको महानपर्व विजया दशमीको आगमन पूर्व नै उराँव जातिको करम पूजा प्रारम्भ हुन्छ । भाद्र पूर्णिमामा विधि पूर्वक मनाइने यो पर्वको आफ्नै महत्व रहेको प्रतिष्ठानका अध्यक्ष बेचन उराँवले जानकारी दिनुभयो ।    उराँवका अनुसार पूजामा       उराँव समुदायले करम र करमको हागाँ वा वेलको रुखको हाँगालाई राखेर करम देवताको पूजा गर्ने प्रचलन छ । उनीहरुले पूजाका लागि एक हप्ता अघि देखि नै जमरा राख्ने संस्कार र प्ररम्परा अनुसार जमरा राखेका छन् ।




 दशैंमा जमरा राखे जस्तै करम पूजाका लागि युवा युवतीहरु सामूहिक ब्रत बसेर जमरा राख्ने परम्परा रहेको प्रतिष्ठानका सम्पतलाल उराँवले बताउनुभयो । एक हप्ता पछि उम्रिएका जमरालाई फुलको रुपमा करम पूजामा प्रयोग गर्ने गरिन्छ । युवा युवतीहरु जमरा राखे जस्तै करम पूजामा ब्रत बस्ने गर्दछन् ।यो वर्ष भदौ १० गतेबाट करम पूजा सुरु भएको जनाइएको छ । पूजामा उराव समुदायले राम्रो लगाउने मिठो मसिनो खाने र वर्त समेत बस्ने प्रचलन छ । करम पूजामा उराँव समुदायले भरपुर मनोरन्जन र रमाइलो गर्ने गर्दछन् । दशैं, तिहार , होली तथा नयाँ वर्ष उराँव समुदायले मनाउने गरे पनि करम पूजाको भने आफनै विशेषता र महत्व रहेको स्थानीय रामलाल उराँवको भनाई छ । पूजामा सबै रिसराग तथा दुःख बिर्सेर सामूहिक रुपमा यो पर्व मनाउँछन् । पहिलो, दोश्रो र तेश्रो पकाएको रोटी करम देउतालाई चढाउने र आफन्त इष्टमित्र कहाँ गएर शुभकामना आदान प्रदान गर्ने तथा नाचगान गर्ने पनि चलन रहेको उराँवले बताउनुभयो । भाकल पूरा हुने भएकाले यो पूजाको महत्व बढ्दै गएको उहाँको भनाई छ । यो पूजामा बलिदिने चलन भने छैन हजारौ वर्ष देखि नेपालमा बसोबास गर्दै आएको यी जातीहरु खोला किनार तथा खेत खलियानमा बस्न रुचाउछन । नेपालमै सबै भन्दा बढी उराँवहरुको बसोबास सुनसरी जिल्लामा रहेकाले ठूलो कार्यक्रम समेत यहाँ नै गर्दै आएकोमा यसपाली कोरोनाका कारणले ठूलो कार्यक्रम नगर्ने भएको छ ।

कमेन्ट गर्नुहोस्