अनलाईनमा पनि हामी

IMG
सूचना, संचार र पत्रकारिताको विकास विना कुनै पनि देशको विकास सम्भव नभएको इतिहासलाई आत्मसाथ गर्दै प्रिन्ट संस्करसगै अनलाईन संस्कर सुरु गरेका छौ । हामीले पाठकको प्रतिकृयालाई ध्यानमा राख्दै अनलाईन संस्कर सुरु गरेका हौं । विकासका लागि सूचना, संचार र पत्रकारिताको आवश्यकता रहेको कुरा कहिकतैबाट लुकेको छैन् । यसलाई ध्यानमा राखेर नागरिक, पाठक, श्रोता र दर्शक समेतलाई समेटीने गरि अनलाईन संस्कर सुरु गरेको जानकारी गराउन पाउदाँ हामी अत्यअन्त्य सुखी छौं । खासमा नेपालमा पत्रकारिताको असल अभ्यास नभएको कारणले सूचना, संचार र पत्रकारिताको विषयमा अझै पनि धेरै जनसमुदायहरु टाढा रहेका छन् । यसरी संचारको विकासमा पछाडी परेको अवस्थालाई ध्यानमा राखेर अनलाईन संस्कर सुरु गरेका हौं । सुनसरीको दुहवी र इनरुवालाई केन्द्रमा राखेर हामीले गुगल दैनिक पत्रिकाको सह प्रकाशनको रुपमा दैनिकको अनलाईन ल्याउने जमर्को गरेका छौं । यसरी सूचना, संचार, प्रविधिको युगमा अनलाईनलाई र विधुतिय संचार माध्यमलाई प्रभावकारी ठानिएकाले प्रिन्टलाई निरन्तरता दिदै पत्रिकाले दिर्घ समयसम्म प्रभाव पार्ने भएकाले हामी जिल्लाका संचारकर्मीहरु र यूवाहरुको संयुक्त पहल र प्रयासमा यस क्षेत्रको संचार र पत्रकारिताको विकास लागि यो अनलाईन पत्रिका प्रकाशन थालेका हौं । स्रोता, दर्शक र पाठकमहानुभावहरुको आफ्नै पत्रिकाको रुपमा विकास गर्ने उदेश्यका साथ अनलाईन संस्कर सुरु गरेका हौं । जिल्ला संचारमा पछाडी परेकाले यहाँको पहिचान पनि संकटमा परेको कतिपयको गुनासोहरु बाहिर आईरहेको र संचारको क्षेत्रमा पछाडी परेका कारणले पालिकाको सूचाना गाउँ तथा नगरबासीले उपभोग गर्न नपाई वा सुन्न, हेर्न र पढन नै नपाई लाखौ रुपियाँ खर्च गरेको तितो यर्थातलाई पनि मध्यनजर गरी हामीले अनलाईन पत्रिका प्रकाशन थालेका छौं । कुनै बेला अनलाईनको समस्या रहेको र हाल सबैको पहुचमा लाने कुरालाई   महसुस गरी यहाँको शिक्षा, स्वास्थ्य, खानेपानी, संचार, विद्युत, सरसफाई , जनचेतना, मानव अधिकार र खाध्य सुरक्षा लगायतका क्षेत्रमा विकास लागि योगदान गर्न हामीले अनलाईन पत्रिका प्रकाशन थालेका हौं । अवाज विहिनहरुको अभाव बनेर सवै क्षेत्रको भाषभाषी, लिग, वर्ग, समूदाय, वर्ण, पेशाका मानिसहरुको पठनीय लायकको अनलाईन पत्रिकाको रुपमा यस अनलाईन पत्रिकाको प्रकाशन थालेका छौं । हामीले समाज रुपान्तरणका लागि पत्रकारिता र शान्ति, विकास, स्थायित्व र लोकतन्त्र संस्थागतका गर्नका लागि संचार भन्ने मान्यताका साथ पत्रिका प्रकाशन थालेका छौं । साथै हामीले शिक्षा, सन्देश, सचेतना, मनोरन्जनका साथै आधुनिक संचार, प्रविधिको विकासमा पाठकको पहुचका लागि अनलाईन र विधुतिय संचार माध्यममा भएका गतिविधि सहित प्रभावकारी संचारको भुमिका निर्वाह गर्ने प्रयास गरेका छौं । यो प्रकाशकिय मार्फत स्रोता, दर्शक र पाठक बिचमा शुशासन , परदर्शिता र जवाफदेहिताका साथै सवैमा हार्दिक मगलमय शुभकामना व्यक्त गर्दछौं । 

कमेन्ट गर्नुहोस्