अवैध सामान बरामद गरी भन्सार बुझाईयो

IMG
इनरुवा । सुनसरीको सीमा क्षेत्रबाट प्रहरीले अवैध सरसमान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले सोमवार अवैध सरसमान बरामद गरेर मंगलबार भन्सार बुझाएको छ  ।
प्रहरीले सुनसरीको देवानगंज गाउपालिका वडा नम्बर २  सडक खण्डमा विभिन्न अवैध सामान भन्सार छलि गरी लिई आउदै गरेको विशेष सुचनाको आधारमा बरामद गरेको हो । प्रहरीका अनुसार प्रहरी टोलीले सुनसरी बर्जु गाउपालिका वडा नम्बर २ का २८ वर्षिय संजिब गुरुङले चलाएको को. १ ख ३३६६ नम्वरको मिनि ट्रकलाई शंकालागी चेकजाच गर्ने क्रममा १२ लाख ४४ हजार बढी मूल्य वरावर परिमाणको सामान पक्राउगरि आवश्यक कारवाहिको लागि सुनसरी भन्सार कार्यालय कोशीव्यारेज पठाईएको छ । प्रहरी उपरीक्षक कमल थापाका अनुसार को. १ ख ३३६६  नम्बरको मिनि ट्रक १ थान,सुर्ती ( खैनी) ३१ बोरा,ताज महल भारतीय चामल २० बोरा, नेपाली चामल ४९ बोरा सहित १२ लाख ४४ हजार ७०० रुपियाँ बराबरको समान रहेको छ । समानसगै ट्रक चालक संजिब गुरुङ, मोरंग बिराटनगर ७ का २८ वर्षिय ट्रकका हेल्पर गोपाल थापा मगर र ३५ वर्षिय ट्रक हेल्पर गोपाल साहलाई समेत पक्राउ गरेको थियो । 

कमेन्ट गर्नुहोस्